नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ३ र कोषाध्यक्ष पदमा २ जनाकाे उम्मेदवारी दर्ता

May 22, 2026 02:12 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघ को आगामी निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ।

महासंघले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार वरिष्ठ उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा दुई जनाले दाबी प्रस्तुत गरेका छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यस्तै, कोषाध्यक्ष पदका लागि मनीष लाल प्रधान र अम्विका प्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघले तोकिएको समय सवा चार बजेसम्म कुनै उम्मेद्वारले  उमेद्वारी फिर्ता नगरे  निर्वाचन प्रक्रियाअन्तर्गत अन्तिम नामावली प्रकाशन तथा मतदान कार्यक्रम अघि बढाइनेछ।

व्यावसायिक समुदायमा महासंघको नेतृत्वलाई लिएर चासो बढिरहेका बेला यसपटकको निर्वाचनलाई प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।