नेपाल उद्योग वाणिज्य महासंघ: वरिष्ठ उपाध्यक्षबाट हेमराज ढकालको उम्मेदवारी फिर्ता, निर्वाचन हुँदै

May 22, 2026 02:50 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को रिक्त वरिष्ठ उपाध्यक्ष पदका लागि आज भइरहेकाे निर्वाचनमा नयाँ समीकरण बनेको छ। 

चुनावी मैदानमा उत्रिएका हेमराज ढकालले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। ढकालको फिर्तासँगै अब वरिष्ठ उपाध्यक्ष पदका लागि दुई जना उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने निश्चित भएको छ।

महासंघको निर्वाचन तालिका अनुसार आजै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान हुँदैछ। वरिष्ठ उपाध्यक्ष पदमा अब रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच सिधा प्रतिस्पर्धा हुनेछ। उम्मेदवारी दर्ताका क्रममा संघईको प्रस्तावकमा ईश्वर जिसी र समर्थकमा अभिज्ञा मल्ल रहेका छन्। त्यसैगरी, अर्का प्रतिस्पर्धी सुरकृष्ण वैद्यको प्रस्तावकमा कृष्णप्रसाद शर्मा र समर्थकमा रविन पुरी रहेका छन्। ढकालले उम्मेदवारी फिर्ता लिएपछि चुनावी सरगर्मी अझ बढेको छ।

यसैगरी, महासंघको कोषाध्यक्ष पदका लागि पनि आजै निर्वाचन हुँदैछ। कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल र मनिषलाल प्रधानले उम्मेदवारी दिएका छन्। पौडेलको उम्मेदवारीको प्रस्तावकमा बाबुकाजी कार्की र समर्थकमा भक्त बहादुर हमाल रहेका छन्। अर्का उम्मेदवार मनिषलाल प्रधानको प्रस्तावकमा दिलसुन्दर श्रेष्ठ र समर्थकमा नानीराज घिमिरे रहेका छन्। कोषाध्यक्ष पदमा पनि दुई प्रभावशाली व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कार्यकारिणी समितिमा ६ जना सदस्यहरू मनोनित गरेका छन्। अध्यक्ष श्रेष्ठले विधान प्रदत्त अधिकार प्रयोग गर्दै शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नविन रिजाल, सहारा जोशी, गोकर्ण कार्की र दर्शना श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्। मनोनित सदस्यहरूले महासंघको आगामी कार्यदिशा र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मतदान प्रक्रियामा देशभरका प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।