साताकाे अन्तिम दिन नेप्से सूचकमा दाेहाेराे अंककाे बृद्धि, काराेबार रकममा पनि सुधार

May 22, 2026 03:33 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १६.३८ अंकले बढेर २,७५८.४९ बिन्दुमा बन्द भएको छ।

कारोबार अवधिभर बजार सकारात्मक देखिएको थियो भने अन्तिम समयमा तीव्र खरिद दबाबका कारण सूचक अझ माथि पुगेको हो।

आज कुल रु. ४ अर्ब ४९ करोडभन्दा बढीको कारोबार भएको छ। साथै १ करोडभन्दा बढी कित्ता शेयर किनबेच भएको देखिन्छ।

बजारमा २०३ कम्पनीको शेयर मूल्य बढ्दा ५७ कम्पनी घटेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्। यसले लगानीकर्ताको आत्मविश्वास बढ्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

आज कारोबार भएका कम्पनीमध्ये  क्रेष्ट माइक्राेलाइफ इन्स्याेरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ। क्रेष्टको शेयर मूल्य १४.८१ प्रतिशतले बढ्दै रु. १,३१८ पुगेको हो।

त्यसैगरी माबुलिङ इनर्जीको शेयर ९.३५ प्रतिशतले वृद्धि हुँदा बुंगल हाइड्राेकाे ७.२४ प्रतिशत र  आँखु खाेला जल विद्युतकाे ७.२० प्रतिशतले उकालो लागेको छ। सुपर खुदी हाइड्राे पनि ६.७४ प्रतिशतले बढ्दै आजका उत्कृष्ट कमाउने कम्पनीहरूको सूचीमा परेको छ।

बजारमा समग्र सकारात्मक वातावरण देखिँदा लगानीकर्ताहरू उच्च वृद्धि हुने कम्पनीतर्फ आकर्षित भएका छन्। विशेषगरी जलविद्युत तथा अन्य सक्रिय समूहका कम्पनीहरूमा खरिद चाप बढेको देखिएको छ।

विशेषगरी कारोबारको अन्तिम चरणमा सूचकांकले उकालो गति लिँदा आगामी दिनमा पनि बजार सकारात्मक रहने अपेक्षा गरिएको छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।