एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

May 22, 2026 04:12 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को रिक्त पदका लागि आज भएको निर्वाचनमा सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी रामचन्द्र संघईलाई फराकिलो मतान्तरले पराजित गर्दै वैद्य विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार विजयी वैद्यले ५६ मत प्राप्त गरे भने संघईले ३० मत मात्र प्राप्त गरे। यसअघि चुनावी मैदानमा रहेका हेमराज ढकालले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि वरिष्ठ उपाध्यक्षका लागि वैद्य र संघईबीच मात्र सिधा प्रतिस्पर्धा भएको थियो।

त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान भारी मतका साथ विजयी भएका छन्। प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले जम्मा २५ मत प्राप्त गरे।

आजै भएको मतदानमा देशभरका प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।