नारायणगढ–बुटवल सडक विस्तारः यो बर्खादेखि हट्दैछ दाउन्नेको दुःख, ‘मनसुन’ सकिएपछि ह्यान्डओभर’

May 25, 2026 02:07 PM Merolagani



हरिप्रसाद शर्मा
लामो समयको प्रतिक्षापछि नारायणगढ–बुटवल सडक विस्तार कार्य करिब सकिएको छ । सडक विस्तार कार्य सकिएसँगै विगतका बर्खाहरुमा जस्तो यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता यसपालीदेखि अन्त्य हुने भएको छ ।

सडक विभागका अनुसार, नारायणगढ–बुटवल सडक विस्तारअन्तर्गत कुल ११४ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ६ लेनमा विस्तार गरिएको हो । हालसम्म सडक कालोपत्रे गर्ने काम सकिएको र ट्राफिक सेफ्टी र ‘बायो इन्जिनियरिङको काम मात्र बाँकी रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालले बताए ।

उनका अनुसार, निर्माणकर्ता चीनको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण कार्यको सम्पूर्ण भुक्तानी पाइसकेको बताए । ‘लामो प्रतिक्षापछि नारायणगढ बुटवल सडक विस्तार कार्य सकिएको छ,’ उनले भने, ‘ट्राफिक सेफ्टी र बायो इन्जिनियरको कामबाहेक सबै काम सकिएको छ । ठेकेदारलाई भुक्तानीको काम पनि सकिएको छ ।’

यसपालीको बर्खादेखि दाउन्नेको दुःख समेत हटेको उनको भनाइ छ । ‘यसपालीको बर्खायाममा दाउन्नेलगायतका ठाउँमा हुने गरेको अवरोध र यात्रुको सास्ती हटेको छ,’ उनले मेरो लगानीसँग भने ।
उनका अनुसार, उक्त सडकखण्डमा कुनै पनि गाडीले कहिँ पनि माटोमा टेक्नु पर्ने छैन् ।

साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताका साथ २०७५ फागुन ९ गतेदेखि निर्माण सुरु भएको उक्त परियोजना विभिन्न समयमा विभिन्न कारणले ढिलासुस्ती हुन पुग्यो । खासगरी, आयोजना निर्माणजन्य सामग्रीको आपूर्ति र उपलव्धतामा स्थानीय सरकारको अवरोध, प्रदेश र संघ सरकारको समन्वयन नहुनु र वन तथा वातावरण मन्त्रालयले दिने स्वीकृतिको ढिलाइका कारण पनि परियोजना निर्माण लम्बिन पुग्यो । पूर्वी खण्डको ६५ किलोमिटर र पश्चिमखण्डको ४७ किलोमिटरको सडकलाई ६ लेनमा विस्तार गर्ने योजना लिएको थियो ।

निर्माण कार्यमा भएको ढिलाइले वर्षौदेखि उक्त राजमार्ग हुँदै यात्रा गर्ने आम सर्वसाधारणले ठूलो दुःख र सास्ती खेप्नुपरेको थियाे । बुटवलदेखि नारायणगढसम्मको डेढ घण्टाको यात्रा बर्खायाममा १८ देखि २० घण्टासम्म लाग्ने गर्दथ्याे।

दाउन्ने खण्डको सडकको दुरावस्थाका कारण पनि अत्यधिक जाम हुने समस्याले यात्रुहरुलाई दैनिक रुपमा सताइरहेका थियो । कुल १६ अर्ब ९९ करोड ५२ लाख लागत अनुमान गरिएको सडक आयोजनाको लागत पनि केही बढ्ने देखिएको छ ।

बर्खा सकिएपछि ‘ह्यान्डओभर’ हुने

सडक विस्तारको काम सकिएसँगै आउँदो बर्खायाम सकिएसँगै चिनिँया ठेकेदार कम्पनीले उक्त सडक आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । ठेकेदार कम्पनीले आयोजना सम्पन्न गर्नका लागि आगामी २०२६ जुलाइ २३ सम्मको म्याद अझै कायमै छ ।

उक्त अवधिमा ‘मनसुन’ पनि कम हुँदै जाने भएकाले त्यसबेला सडक हस्तान्तरण गरिने उनको भनाइ छ । ‘सडकका बाँकी काम सकेर आउँदो बर्खा वा मनसुन पछि नै हस्तान्तरण गर्न माग गरेका छौं,’ उनले भने, ‘मनसुनपछि नै हस्तान्तरण हुने अपेक्षा लिएका छौं ।’




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।