भाषा पास गरेर कोरिया जान नपाएका युवाहरुले थाले माइतीघरमा आन्दोलन

May 25, 2026 12:52 PM Merolagani



रोजगारीका लागि दक्षिण कोरिया जान नपाएका पीडित युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेपनि दक्षिण कोरिया जान नपाएको र रोष्टको अवधि बढाउन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘पास गरेकालाई कोरिया पठाऊ, रोजगारको अधिकारको सुनिश्चितता गर’ जस्ता प्लेकार्ड बोकेर प्रदशर्नमा उत्रिएका हुन् । यसअघि पनि कोरिया जान नपाएको भन्दै इपीएस ग्वार्को कार्यालय अघि ती युवाहरुले आन्दोलन र प्रदर्शन गर्दै आएका थिए ।

कोरियामा जान भाषा पास गरी रोष्टरमा रहेका युवाहरुको रोष्टरको अवधि सकिसकेको छ । तर, रोष्टरको अवधि सकिसक्दा पनि सरकारले कोरिया पठाउने कुनै कदम नचालेको भन्दै उनीहरु आन्दोलित छन् ।

अहिले करिब १२ हजार युवाहरुले कोरियन भाषा उत्तिर्ण गरेर रोष्टर अवधि कुरे पनि अहिलेसम्म कोरिया जान पाएका भने छैनन् ।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।