शेयर बजारको पुँजीगत लाभकर अन्तिम कर हुने

May 29, 2026 04:38 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थतन्त्र र कर प्रणालीमा केही महत्वपूर्ण सुधारको घोषणा गरेका छन् । विशेषगरी शेयर बजारका लगानीकर्ता र व्यक्तिगत आयकरदाताहरूका लागि बजेटले ठूलो राहत मिलेको छ।

लामो समयदेखि शेयर लगानीकर्ताहरूले माग गर्दै आएको पुँजीगत लाभकरको विषयलाई सरकारले सम्बोधन गरेकाे छ। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि सूचीकृत कम्पनीहरूको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम कर हुने व्यवस्था मिलाइएको छ । यसअघि पुँजीगत लाभकर अन्तिम हुने वा नहुने भन्नेमा लगानीकर्ता र कर प्रशासनबीच रहेको अन्योलता रहेको थियो ।

हाल लगानीकर्ताले पूँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा एक वर्षभन्दा लामो अवधि होल्ड गर्नेले पाँच प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

 

त्यसैगरी, अर्थमन्त्रीले न्यूनतम एक प्रतिशत मात्र कर लाग्ने व्यक्तिगत आयको सीमालाई साविकको ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ।

यसअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले न्यूनतम १ प्रतिशत मात्र सामाजिक सुरक्षा कर तिरे पुग्नेछ। यसले सर्वसाधारणको खर्चयोग्य आम्दानी बढ्ने र महँगीको मारमा परेका नागरिकलाई केही राहत पुग्ने विश्वास गरिएको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।