६ सहकारीलाई १५ दिनभित्र फ्ल्याट खाली गर्न निर्देशन

Jun 04, 2026 01:55 PM Merolagani



काठमाडौं महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूहरुले बहालमा लिएको घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले सत्कार, अमृताम्भ, हिराखुसी, मार्गदर्शन, नवल सवल र पञ्चरूपालाई घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको हाे ।

काठमाडौं महानगरपालिकाले वडा नम्बर ३ मा रहेको सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नम्बर ३२ मा सञ्चालित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको हाे ।

महानगरपालिकाले बुधबार सूचना जारी गर्दै सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई १५ दिनभित्र महानगरको सम्पर्कमा आउन आग्रह गरेको छ।

महानगरका अनुसार न्यायिक समितिले यसअघि सहकारी संस्थाले भाडामा लिएका कार्यालय खाली गराउनुपर्ने निर्णय गरिसकेको थियो। सोही निर्णय कार्यान्वयन गर्न यस्ताे सूचना जारी गर्ने निर्णय गरेको छ।

 




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।