ट्रेण्डलाइन र च्यानल ब्रेकआउट
लामो समयदेखि डाउनट्रेण्ड सेकेण्डरी ट्रेण्डलाइन भित्र रहेको यस फाइनान्सको शेयरमूल्य, गत साता सो ट्रेण्डलाइन ब्रेकआउट गरेर माथि उक्लिएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्यले सो ट्रेण्डलाइन बलियो भोल्यूमसहित ब्रेक गरेको छ। यसले फाइनान्सको बियरिश चक्र तोडिएको संकेत गर्दछ।
प्रतिरोध क्षेत्रमा
साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्य उच्च बढेर प्रतिरोध क्षेत्रमा पुगेको छ। हाल फाइनान्सको प्रतिरोध क्षेत्र ५०० देखि ५२० सम्म रहेको छ। सो दिन फाइनान्सको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोड्न खोजेपनि अन्तिम समयमा केही तल झरेको छ। आगामी दिनमा फाइनान्सको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ५७० देखि ५८५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरेर ओरालो लागेमा ४२० देखि ४३५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

ब्रेकआउटलाई सपोर्ट गर्ने भोल्यूम
गत साताको अन्तिम कारोबार दिन फाइनान्सको भोल्यूम उच्च बढेको छ। सो दिन फाइनान्सको शेयरमूल्यले डाउनट्रेण्डमा रहेको सेकेण्डरी ट्रेण्डलाइन ब्रेक गरेको थियो। सो दिनको उच्च भोल्यूमले फाइनान्सको शेयरमूल्य ब्रेकआउटलाई सपोर्ट गरेको संकेत गर्दछ। साप्ताहिक रुपमा पनि फाइनान्सको भोल्यूम विगतका साताको भोल्यूमभन्दा बढेको छ।

बुलिश प्रवृत्ति
प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा गत साता फाइनान्सको शेयरमूल्यले बुलिश प्रवृत्तिमा रहेको छ। यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुबै रेखा र हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी र हिस्टोग्रामको उचाई बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढ्दै
फाइनान्सको स्टकास्टिक आरएसआई अहिले तिव्र गतिमा बढेर ओभरबट जोनमा पुगेको छ। यसले बजारमा फाइनान्सको शेयरमा खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

वित्तीय अवस्था
नाफाकाे ट्रेण्डः फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ८७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्स ७ करोड ५२ लाख १ हजार रुपैयाँ नोक्सानीमा थियो।
खुद ब्याज आम्दानीः फाइनान्सको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चैत मसान्तको ७ करोड १८ लाख रुपैयाँबाट बढेर १० करोड ३६ लाख ९ हजार रुपैयाँ पुगेको छ।
कुल सञ्चालन आम्दानीः व्यवसाय विस्तारसँगै कुल सञ्चालन आम्दानी १३ करोड ९ हजार रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको ११ करोड ९९ लाख रुपैयाँ थियो।
इम्पेरमेन्ट चार्ज रिभर्सः बैंक तथा वित्तीय संस्थाको नाफा बढाउन यस सूचकको ठूलो भूमिका हुन्छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ६७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड १४ लाख ५५ हजार रुपैयाँ रिभर्स भएको छ, जसले फाइनान्सलाई नाफामा पुर्याउन टेवा दिएको छ।
निक्षेप संकलन तथा कर्जा प्रवाहमा वृद्धिः गत आर्थिक वर्षको असार मसान्तको तुलनामा फाइनान्सको व्यवसायको आकार बढेको देखिन्छ। पछिल्लो ९ महिनामा फाइनान्सको निक्षेप ५ अर्ब ७१ करोड रुपैयाँबाट बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, फाइनान्सको कर्जा ३ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी तथा जगेडा काेषः ८९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ११ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।

प्रमुख वित्तीय सूचक

आधारभूत अवस्था
हाल नेप्सेमा फाइनान्सको ८९ लाख ४ हजार २४२.४० कित्ता शेयर सूचीकृत छ। गत शुक्रबार फाइनान्सको अन्तिम मूल्य प्रतिकित्ता ५१४ रुपैयाँ कायम भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ४ अर्ब ५७ करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको छ।
फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ४७१ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ५७९ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य ४११ रुपैयाँ ५० पैसा रहेको छ।

४१ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद
गत साता ब्रोकर नम्बर ४१ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता फाइनान्सको ३९ हजार २३२ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, गत साता ब्रोकर नम्बर ४२ ले २७ हजार ७३२ कित्ता शेयर खरिद गरेको छ। गत साता ब्रोकर नम्बर ५८ ले फाइनान्सको सबैभन्दा बढी २२ हजार ९०६ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा
फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले न्यूट्रल जोनमा रहेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)