विश्वकपको पहिलो खेलमा अमेरिकाको जित

Jun 13, 2026 10:27 AM Merolagani



विश्वकपको पहिलो खेलमा अमेरिकाले विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा भएको खेलमा पारग्वेविरुद्धको खेलमा अमेरिकाले ४-१ ले जित हात पारेको हो । 

खेलको पहिलो हाफको सात मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको थियो । अमेरिकाका वेस्टन म्याडनीले दिएको पास पाराग्वेका डिफेन्डर डेनियस बोबाडिलाको खुट्टा ठोक्किएर गोल हुन पुगेको थियो ।

खेलको ३१ मिनेटमा अेमेरिकाका फ्लोरियन बलागुनले गोल गरे । पहिलो हाफमा थपिएको पाँच मिनेटमा बलागुनले दोस्रो गोल गरे । उनी अमेरिकाका लागि विश्वकपमा दुई गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । 

खेलको ७३ औँ मिनेटमा पाराग्वेका लागि मौरिकोले गोल फर्काएपछि खेल ३-१ को अवस्थामा पुगेको थियो ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।