विश्वकप २०२६ः मोरक्कोसँग १–१ को बराबरीमा रोकियो ब्राजिल, भिनिसियसले टारे संकट

Jun 14, 2026 06:23 AM Merolagani



पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। न्यू जर्सीस्थित मेटलाइफ रङ्गशालामा भएको खेलमा स्टार फरवार्ड भिनिसियस जुनियरको उत्कृष्ट गोलको मद्दतले ब्राजिल हारबाट जोगिएको हो।

खेलमा सुरुवाती अग्रता गुमाएको ब्राजिललाई भिनिसियस जुनियरले संकटबाट बचाएका थिए। यदि ब्राजिल यो खेलमा पराजित भएको भए, सन् १९३४ यताकै विश्वकपको उद्घाटन खेलमा व्यहोरेको यो पहिलो हार हुने थियो।

खेलको २१ औँ मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ब्राजिलका गोलकिपर एलिसन बेकर र डिफेन्डरहरूबीचको तालमेल नमिल्दा साइबारीले डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। विश्वकप इतिहासमा मोरक्कोले दक्षिण अमेरिकी टोलीविरुद्ध गोल गरेको यो पहिलो पटक हो।

खेलको सुरुवाती ३० मिनेटमा मोरक्कोले ब्राजिलको पोस्टमा १२ पटक प्रहार गर्दै कडा दबाब बनाएको थियो। तर, खेलको ३३ औँ मिनेटमा ब्राजिलका लागि आफ्नो ५० औँ खेल खेलिरहेका भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको पासमा उत्कृष्ट सोलो गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमै सकियो र दुवै टोलीले १–१ अङ्क बाँडेका छन्।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।