खेलको २६ औँ मिनेटमा पाल ओकोन–एङ्गस्टलरको उत्कृष्ट पासमा युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए। यस गोलसँगै उनी विश्वकप इतिहासमा अस्ट्रेलियाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
टर्कीले खेलमा बलियो पकड बनाएर बराबरीको प्रयास गरिरहेका बेला ७४ औँ मिनेटमा अस्ट्रेलियाका कनर म्याटकाफले डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
टर्कीका युवा स्टार अर्दा गुलेर र अब्दुलकरिम बर्दाक्चीका प्रहारहरू गोलपोस्टमा लागेर बाहिरिएका थिए। साथै, आफ्नो तेस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेका अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले केही उत्कृष्ट बचाउ गर्दै टर्कीलाई गोल गर्न दिएनन्।
यस जितसँगै समूह डी मा अस्ट्रेलियाले सुखद सुरुवात गरेको छ भने बलियो मानिएको टर्कीले आफ्नो पहिलो खेलमै हार व्यहोर्नु परेको छ।