सुनचाँदीको मूल्यमा भारि वृद्धि

Jun 15, 2026 10:54 AM Merolagani



असार १ गते, सोमबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला पाँच हजार रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्य निरन्तर रुपमा बढेको छ।

यस दिन चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।