२ करोड ६९ लाख बराबरको भेपसहित एक जना पक्राउ

Jun 23, 2026 10:40 AM Merolagani



तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाई छिपाई अवैध रूपमा ल्याउँदै गरेको विभिन्न ब्राण्डका भेप (विद्युतीय चुरोट) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ४ बस्ने राम कुमार श्रेष्ठ रहेका छन्।

इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई ७ हजार ७ सय थान भेपसहित पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट २ करोड ६९ लाख बराबरको ७ हजार सय थान भेप र भेप ल्याएको १५ लाखको बोलेरो गाडी बरामद गरेको छ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको प्रहरीले जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।