आईप्याड र म्याकबुकको मूल्य ४० हजारसम्म बढ्यो, यस्ताे छ बढ्नुकाे कारण

Jun 26, 2026 11:47 AM Merolagani



एप्पलले विश्व बजारमा आफ्ना आईप्याड र म्याकबुकको मूल्य ३०० डलर (करिब ४०,००० नेपाली रुपैयाँ) सम्मले वृद्धि गरेको छ।

छिमेकी देश भारतमा यसको मूल्य १ लाख भारु (करिब १ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म बढेको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिने निश्चित छ।

कम्पनीका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (AI) उद्योगका लागि तीव्र गतिमा भइरहेको डेटा सेन्टर निर्माणका कारण मेमोरी र स्टोरेज चिपको लागत निरन्तर बढिरहेको छ। लगातार बढेको यो अतिरिक्त लागत अब कम्पनी आफैंले मात्र धान्न नसक्ने भएपछि उपभोक्ता मूल्य बढाउनुपरेको एप्पलले स्पष्ट पारेको छ।

कुन-कुन ग्याजेट महँगा भए?

यो मूल्य वृद्धिले एप्पलको सबैभन्दा बढी बिक्री हुने उत्पादन 'आईफोन' लाई भने तत्काल असर गर्ने छैन। कम्पनीको सबैभन्दा सस्तो ल्यापटप, म्याकबुक नियोको मूल्य बजारमा आएको केही महिनामै ५९९ डलरबाट बढेर ६९९ डलर पुगेको छ।

यसका साथै, ५१२ जीबी क्षमताको म्याकबुक एयरको मूल्य २०० डलर तथा १ टिबी क्षमताको म्याकबुक प्रोको मूल्य ३०० डलरले बढेको छ। एप्पलले आफ्नो होमपड स्मार्ट स्पिकर र एप्पल टिभी सेट-टप बक्सको मूल्य पनि बढाएको छ। यो घोषणालगत्तै एप्पलको सेयर ५ प्रतिशत र प्रतिस्पर्धी कम्पनी डेलको शेयर ८ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

चिप निर्माताहरू एनभिडियातिर आकर्षित

माइक्रोन जस्ता ठूला मेमोरी चिप निर्माताहरूले विगत केही महिनादेखि एनभिडिया जस्ता अग्रणी एआई चिपमेकर कम्पनीहरूका अर्डरलाई प्राथमिकता दिँदै आएका छन्। यसले गर्दा मेमोरी निर्माताहरूको नाफा ऐतिहासिक स्तरमा पुगे पनि एप्पल र डेल जस्ता इलेक्ट्रोनिक्स सामग्री उत्पादकहरूले भने चरम अभाव झेल्नुपरेको छ। यही अभावका कारण अन्ततः उपभोक्ता मूल्य बढाउनुपर्ने अवस्था सिर्जना भएको हो।

विज्ञहरूका अनुसार विश्वकै शक्तिशाली र प्रभावकारी आपूर्ति सञ्जाल भएको एप्पलले समेत यस चिप संकटबाट आफूलाई जोगाउन सकेन।

नेपाली बजारमा पर्न सक्ने सम्भावित नयाँ मूल्य (अनुमानित):

भारतीय बजारमा भएको मूल्य वृद्धिलाई आधार मानी नेपाली मुद्रा (नेरु) मा रुपान्तरण गर्दा मूल्य यसरी बढ्न सक्छ:

मोडेल पहिलेको अनुमानित मूल्य (नेरु) नयाँ अनुमानित मूल्य (नेरु) कुल वृद्धि (नेरु)
म्याकबुक नियो ~१,११,८०० ~१,२७,८०० ~१६,०००
म्याकबुक एयर १३ इन्च (M5) ~१,९१,८०० ~२,३९,८०० ~४८,०००
म्याकबुक एयर १५ इन्च ~२,३१,८०० ~२,८७,८०० ~५६,०००
म्याकबुक प्रो १४ इन्च (M5, 16GB) ~२,७१,८०० ~३,८३,८०० ~१,१२,०००
म्याकबुक प्रो १४ इन्च (M5 Max) - - ~१,६०,०००
आईप्याड एयर ११ इन्च (M4) ~१,०३,८०० ~१,४३,८०० ~४०,०००
आईप्याड प्रो (२५६ जीबी, M5) ~१,५९,९०० ~२,२३,८०० ~६३,९००

(नोट: नेपालमा कर, आयात शुल्क र डिलर मार्जिनका कारण यो वृद्धिदर अझ केही फरक पर्न सक्छ।)

कम्पोनेन्ट (पार्टपुर्जा) को मूल्यमा यसअघि कहिल्यै नदेखिएको वृद्धि

एप्पलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "हामीले इतिहासमै पार्टपुर्जाहरूको मूल्य यसरी यति छोटो समयमा तीव्र गतिले बढेको कहिल्यै देखेका थिएनौं। हामीले लामो समयसम्म हाम्रा उपभोक्तालाई यो मूल्य वृद्धिबाट जोगाएर राख्यौं, तर अब हामी आईप्याड र म्याकबुक लगायतका उत्पादनको मूल्य बढाउन बाध्य भएका छौं।"

अब पालो आईफोनको ?

बजार विश्लेषकहरूका अनुसार आगामी दिनमा आईफोनको मूल्य पनि बढ्न सक्छ। अनुसन्धान संस्था आईडीसी (IDC) की वरिष्ठ अनुसन्धान निर्देशक नबिला पोपलले आईफोन पनि यो चिप संकटबाट अछुतो नरहेको र चाँडै नै यसको मूल्य वृद्धि हुन सक्ने बताएकी छिन्।

के हो 'RAM-agedon' वा 'RAMpocalypse' संकट?

आधुनिक ग्याजेटहरूमा प्रयोग हुने र्‍याम (DRAM) को मूल्य सन् २०२६ को पहिलो त्रैमासिकमा ९८% सम्म बढेको छ। बजार विश्लेषक ट्रेन्डफोर्सका अनुसार चालू त्रैमासिकमा पनि मूल्य थप ५८% देखि ६३% सम्म बढ्न सक्छ। विज्ञहरूले यो असामान्य परिस्थितिलाई 'RAM-agedon' (र्‍याम-एगेडोन) को संज्ञा दिएका छन्। एआई डेटा सेन्टरहरूको विकासले यस संकटलाई अझ बढाएको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।