गत असार ५ गते शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा त्यसको एक हप्तापछि असार १२ गते अर्थात शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ७ हजार ६०० रुपैयाँले घटेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, गत असार ७ गते आइतबार ६०० रुपैयाँले बढेर त्यसदिन सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार ८ गते सोमबार पनि सुनको मूल्य १ हजार ४०० रुपैयाँ बढेर त्यसदिन २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, गत असार ९ गते मंगलबार भने एकैदिन सुनको मूल्य १ हजार ६०० रुपैँयाले घटेर उक्त दिन २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियाे । असार १० गते बुधबार पनि ३ हजार ६०० रुपैयाँले घटेर उक्त दिन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै, असार ११ गते बिहीबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन् । उक्त दिन सुन प्रतितोला ५ हजार २०० रुपैयाँले घटेर २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने असार १२ गते शुक्रबार भने सुन प्रतितोलामा ८०० रुपैयाँले बढेको थियो । उक्त दिन सुन प्रतितोला लाख २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पछिल्ला केही सातामा सुनको मुल्य क्रमशः घट्दै गएको व्यवसायीहरुले बताएका छन् । महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार, पछिल्ला दिनमा सुनको मूल्य केही घट्दै गएको छ । अन्तराष्ट्रिय रुपमा भइरहेको युद्ध रोकिएको, अन्तराष्ट्रिय रुपमा कतिपयले देशहरुले सुनको स्टक बिक्री गरेकोलगायतका कारणले सुनको मूल्य घटेको हुनसक्ने उनको भनाइ छ ।