दोहामा वार्ताका लागि इरानले प्रस्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन

Jun 30, 2026 10:23 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा आगामी मंगलवार भेटवार्ताका लागि प्रस्ताव गरेको दाबी गरेका छन् । सोमवार सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै ट्रम्पले उक्त प्रस्तावको थप विस्तृत विवरण भने खुलाएका छैनन् । यद्यपि इरानले भने ट्रम्पको यस दाबीलाई तत्कालै अस्वीकार गरेको छ ।

इरानी विदेश मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा इरानी र अमेरिकी प्राविधिक टोलीहरूबीच भेटघाट हुने भनी आएका रिपोर्टहरूको खण्डन गरेको हो । मन्त्रालयले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको स्पष्ट पारेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।