रोकिएन नेप्से घट्ने क्रम, कारोबार रकम भने सामान्य बढ्यो

Jun 30, 2026 03:10 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला छ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६५ स्टकको ७९ हजार २८६ पटकको कारोबारमा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँबराबरको ८७ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ५९ रुपैयाँ २० पैसा बढेर ४५४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ। कारोबारमा आएको टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १४.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने याम्बालिङ्ग हाइड्रोपावरको कारोबार रकम करिब १० करोड रुपैयाँ पुगेको छ।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।