प्रि ओपन सेसन अपडेटः साढे ६ अंक बढ्यो नेप्से

Jul 02, 2026 10:53 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.६५ अंक बढेर २६५९.५८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४८ स्टकको ७८ पटकको कारोबारमा २३ लाख ९० हजार ६३७ रुपैयाँबराबरको ५ हजार ८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।