घटेकाे मूल्यमा तेल नबाँडने पेट्रोल पम्पलाई 'सिल' गरिदै

Jul 01, 2026 03:46 PM Merolagani



घटेकाे मूल्यमा तेल नबाँडने पेट्रोल पम्पलाई सिल गरिने भएकाे छ । काठमाडौँ लगायत देशभरका धेरै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने बोर्ड टाँसेर पम्प बन्द गरेपछि नेपाल आयल निगमले त्यस्ता पम्पलाई कारबाही स्वरुप सिल गर्न थालेकाे हाे ।

बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको छ । उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने कार्यादेश पाएकाे छ ।

मङ्गलवार नेपाल आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँको दरले मूल्य घटाएको थियो ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।