पत्रकार खेम भण्डारी पक्राउ

Jul 02, 2026 11:05 AM Merolagani



कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार नियन्त्रणमा लिएको हो।

भण्डारी विरुद्ध परेको गालीगलौज सम्बन्धी मुद्दामा अदालतले उनलाई एक महिना ७ दिन कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही सजाय भुक्तानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएकाे छ। पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिने प्रहरीले जनाएको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।