सरकारले अर्बौंको गाडीहरु खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरु र सांसदहरु पनि जेनजी पुस्ताका भएकाले उनीहरुका लागि साईकलको व्यवस्था गर्न उपयुक्त हुने जिकिर समेत गरे । बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाउनेहरुले फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए। उनले नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद विश्वकर्माले भने,‘सुशासनको बैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरु किन्दैछ भन्नेकुराहरु आईराखेको छ । अर्बौंको गाडीहरु जलाएर खरानी बनाएको छ । र फेरि अर्बौंको गाडी किन्दैछ भन्ने खवरले सनसनी पैदा गराएको छ । आज सुकुम्बासीहरु खाना नपाएर तडपी रहेका छन । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर विरामी परिरहेका छन । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दैछ । यो बिडम्बना हो । हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अव मन्त्री, सांसदहरु जेनजी हुनुहुन्छ । साईकल किन्नु पर्यो अब । साईकल किनेर सरर हिन्ने । साईकलमा जाने, साईकलमा नै आउने । बरु चन्दाबाट पुनर्निर्माण भए सिंहदरवार पनि यहीबाट निर्माण होस । म यहीँ भन्न चाहन्छु हाम्रो सरकारलाई ।'
सांसद विश्वकर्माले सरकारले सुशासनको कुरा गरेपनि सोही अनुसारको व्यवहार देखाउन नसकेको जिकिर पनि गरे ।