१.१ किलोमिटर लामो साँगास्थित ‘अन्डरपास’ सञ्चालनमा, अरनिको राजमार्गको सवारी जाम हट्ने अपेक्षा

Jul 02, 2026 04:41 PM Merolagani



हरिप्रसाद शर्मा

भक्तपुर र काभ्रेपलान्चोकको सीमाक्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य सम्पन्न भइ आजदेखि सञ्चालनमा आएको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको उक्त अन्डरपास बिहीबारदेखि सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

कुल लम्बाइ १ हजार ११० मिटर लामो उक्त अन्डरपास बनेपछि अरनिको राजमार्गमा हुने ट्राफिक जाम हट्ने र यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

कस्तो बन्यो अन्डरपास ?

अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहेको छ। साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिएको आयोजनाका सब–इन्जिनियर ज्ञानमान श्रेष्ठले बताए ।

कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम अघि बढाइएको थियो। यो आयोजनाको निर्माण कार्य वि.सं. २०७९ फागुनबाट सुरु भएको थियो। सुरुवाती सम्झौता अनुसार ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए तापनि साँगा खण्डको अन्डरपासलाई प्राथमिकतामा राखेर द्रुत गतिमा काम सम्पन्न गरिएको हो।

सूर्यविनायक–धुलिखेल सडक विस्तारको कुल बजेट करिब ८ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। जसमध्ये साँगा खण्डको यो अन्डरपास र सडक स्तरोन्नतिमा उल्लेख्य बजेट विनियोजन गरिएको थियो। नेपाल सरकारको आफ्नै लगानीमा यो आयोजना अघि बढाइएको हो।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।