पेनाल्टी सुटआउटमा इजिप्टको ऐतिहासिक जित, अस्ट्रेलियालाई हराउँदै पहिलो पटक अन्तिम १६ मा

Jul 04, 2026 04:30 AM Merolagani



फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को निकै रोमान्चक र सङ्घर्षपूर्ण भिडन्तमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इतिहास रचेको छ।

टेक्ससको डलास स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। यो जितसँगै इजिप्ट आफ्नो विश्वकप इतिहासमा पहिलो पटक अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गर्न सफल भएको छ।

खेलको १३औँ मिनेटमा इजिप्टले उत्कृष्ट सुरुवात गर्‍यो। करिम हाफेजको क्रसमा मिडफिल्डर इमाम एशुरले हेडमार्फत सानदार गोल गर्दै इजिप्टलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफको ५५औँ मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्कायो। एडन ओ’निलको फ्रिकिकलाई क्लियर गर्ने क्रममा इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगे। यो गोलसँगै हानी विश्वकपको एउटै संस्करणमा दुई आत्मघाती गोल गर्ने खेलाडीको रूपमा इतिहासमा दर्ता भए।

खेल सकिनै लाग्दा १२०औँ मिनेटमा अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले उत्कृष्ट प्रदर्शन गरिरहेका २२ वर्षीय गोलकिपर प्याट्रिक बीचलाई हटाएर अनुभवी म्याथ्यु रायनलाई पेनाल्टी विशेषज्ञका रूपमा मैदान पठाए। तर, रायनले इजिप्टको एउटै पनि पेनाल्टी रोक्न सकेनन्। पेनाल्टी सुटआउटमा इजिप्टका तर्फबाट कप्तान मोहम्मद सलाहले सानदार ‘पानेन्का’ सट प्रहार गर्दै टोलीको उत्साह बढाए। इजिप्टका महमुद साबेर, रमी राबिया, मोहम्मद सलाह र होसाम अब्देलमागुइद चारै जनाले पेनाल्टीलाई गोलमा परिणत गरे। अर्कोतर्फ, अस्ट्रेलियाका कप्तान ह्यारी सुटारको प्रहार पोस्ट माथिबाट बाहिरियो भने १८ वर्षीय डिफेन्डर लुकास हेरिङटनको प्रहार इजिप्टका गोलकिपर मोस्ताफा शोबेरले रोकेपछि अस्ट्रेलियाको विश्वकप यात्रा समाप्त भयो।

इतिहास रचेको इजिप्टले अब आगामी जुलाई ७ मा अटलान्टामा हुने अन्तिम १६ को खेलमा अर्जेन्टिना र केप भर्डे बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।