आज पनि घट्यो सुन र चाँदीको मूल्य

Jul 06, 2026 10:53 AM Merolagani



असार २२ गते, सोमबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ। यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आईतबार सुन तोलामा दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला दुई दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घटेकोहो ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलामा चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।