गत असार १२ गतेको तुलनामा असार १९ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोलामा ११ हजार ६०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

गत असार १२ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएकोमा असार १९ गतेसम्म आइपुग्दा सुनको मूल्य वृद्धि भएर २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ । महासंघका अनुसार, गत असार १४ गते आइतबार अघिल्लो दिनको तुलनामा सुन ४ हजार ७०० रुपैयाँले बढेर उक्त दिन २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असार १५ गते सोमबार भने सुनको मूल्य घटेको थियाे । अघिल्लो दिनको तुलनामा १ हजार ४०० रुपैयाँले घटेर उक्त दिन सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार १६ गते मंगलबार पनि सुनको मूल्य घटेको देखिन्छ । अघिल्लो दिनको तुलनामा उक्त दिन ४ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असार १७ गते बुधबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन । अघिल्लो दिनको तुलनामा उक्त दिन ७०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, असार १८ गते भने सुनको मूल्य बढेको थियाे । अघिल्लो दिनको तुलनामा उक्त दिन ६ हजार २०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार १९ गते पनि सुनको मूल्य ७ हजार २०० रुपैयाँले बढेर उक्त दिन २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्दै गइरहेको सुन व्यवसायीहरु बताउँछन् । अन्तराष्ट्रिय मुलुकहरुमा हुन सक्ने सम्भावित युद्धलगायतका कारणले सुनको मूल्य बढ्ने क्रममा रहेको उनीहरुको भनाइ छ ।