सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

Jul 12, 2026 10:54 AM Merolagani



असार २८ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ