शेयर बजार यति धेरै तल आयो कि कुनै-कुनै कम्पनीको शेयर बिक्री गर्दा त एक किलो आँप पनि नआउने अवस्था बनेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची हेर्ने हो भने अहिले आँपको थोक मूल्य नै किलोको १५५ रुपैयाँ पुगेकोछ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची हेर्ने हो भने आज अर्थात असार ३० गते मालदह आँप प्रतिकेजी १४५ छ भने दसहरी आँपको मूल्य किलोको १५५ रुपैयाँ छ । तर, घर-घरमा ल्याउने व्यापारीबाट आँप किन्ने हो भने किलोकै २ सय रुपैयाँसम्म पर्ने गर्छ ।
यता आँपको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । आँपको सिजन सकिन लागेकोले मूल्य बढ्दै गएको व्यापारीहरु बताउने गरेका छन् । तर शेयर बजार भने दिन प्रतिदिन घट्दै गएर एक किलो आँप पनि नआउने अवस्थामा पुगेको छ ।

अहिले घर-घरमा ल्याइने आँप व्यापारीबाट सरदर २०० रुपैयाँ आँप किन्न पाइन्छ । तर यता एक कित्ता शेयर बिक्री गर्दा २०० रुपैयाँ पनि नआउने अवस्था आएको छ । यसको मतलब एक किलो आँप किन्नलाई केही कम्पनीको एक कित्ता शेयर बिक्री गर्दा पनि नआउने अवस्था आएको छ ।
अहिले नेप्सेमा सूचीकृत केही कम्पनीको शेयर एक किलो आँप किन्न नसक्ने अवस्थामा छन् । नेप्सेमा सूचीकृत मध्ये अहिले केही कम्पनीको शेयर मूल्य प्रतिकित्ता दुई सय रुपैयाँ आसपासमा छ ।
अप्पर तामाकोशी, शिवश्री हाइड्रो, कुमारी बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज, सिटिजन्स बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, घलेम्दी हाइड्रो, बलेफी हाइड्रालगायतका कम्पनीको मूल्य एक किलो आँपमा आइसकेका छन् । यी कम्पनीको शेयर अहिले प्रतिकित्ता १८८ रुपैयाँदेखि २१५ रुपैयाँसम्म कारोबार भइरहेको छ ।
अहिले शेयर बजारमा हुने नियमित कारोबारमा १० कित्ताभन्दा कम शेयर पनि किन्न पाइन्छ । तर त्यस्तो कारोबार निकै कम हुन्छ । न्यूनतम १० कित्तासम्मको शेयर कारोबार भने सजिलै हुन्छ । यदी कसैले एक कित्ता बिक्री गर्छु र एक किलो आँप किने खान्छु भन्दा पनि नआउने स्थिति बनेको छ ।
अहिले सिंहदरबारदेखि प्रत्येक लगानीकर्ताकाे चुलाे चाैकाेमा समेत शेयर बजारलाई याे स्थितिमा पुर्याउनुमा कसकाे हात कति छ भनेर चर्चा हुन थालेकाे छ । केही सरकारकाे नेतृत्व बालेन शाहले गरेकाले उनैकाे हात छ भन्ने गरेका छन् । अर्काेतिर केहीले अर्थकाे साँचाे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकाे हुने भएकाेले उनैले लिएकाे नीतिका कारण शेयर बजार याे हालतमा आइपुगेकाे हाे भन्ने गर्छन् । सबैतिर कर बढाउँदा सस्ताे हालतमा पुगेकाे लगानीकर्ताहरुकाे भनाइ छ ।