सुन र चाँदी दुवैको मूल्य घट्यो

Jul 13, 2026 10:58 AM Merolagani



असार २९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यसदिन सुन प्रतितोला दुई हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आईतबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।