अर्थमन्त्रीको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त

Jul 14, 2026 11:39 AM Merolagani




अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याललाई नियुक्त गरेका छन्। सोमबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार अर्याललाई अवैतनिक सल्लाहकारको रूपमा चयन गरिएको हो।

मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री वाग्लेले नवनियुक्त सल्लाहकार अर्याललाई नियुक्तिपत्र प्रदान गरे। सो अवसरमा अर्थमन्त्रीले सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलन गर्ने महत्वपूर्ण लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र व्यावसायिक दक्षताको महत्वपूर्ण भूमिका रहने अपेक्षा समेत व्यक्त गरे। मन्त्री वाग्लेले अर्याललाई पूर्ण इमानदारीका साथ आफ्नो दक्षता प्रयोग गर्न निर्देशनसमेत दिएका छन्।

आफ्नो नियुक्तिपछि प्रतिबद्धता व्यक्त गर्दै अर्यालले सरकार र अर्थमन्त्रीले आफूमाथि गरेको विश्वासलाई नतिजामा बदलेर देखाउने बताए। उनले आफ्नो लामो अनुभव र विज्ञतालाई राजस्व प्रशासनको सुधार र लक्ष्य प्राप्तिका लागि उपयोग गर्ने दृढता व्यक्त गरे।

स्याङ्जा जिल्ला स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण (अडिटिङ) र परामर्श क्षेत्रमा सक्रिय छन्। एफसीए उपाधिप्राप्त अर्यालले यो जिम्मेवारीका लागि कुनै पारिश्रमिक नलिने बताइएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।