उनले यस्ताे लेखेका छन्
एक कित्ता शेयर बिक्री गरेर एक केजी आँप र १० कित्ता शेयर बिक्री गरेर एक केजी खसीको मासु किन्न नसकिने गरी पॅुजी बजार थिलथिलो बनाइएको गुनासो लगानीकर्ताबाट आइरहेको छ। लगानीकर्ताको बजार पूँजीकरणमा ६ खर्ब रुपैयाँभन्दा बढीको कमी आएको छ, यो अवस्था सरकारको गलत नीतिका कारण भएको हो ।
नयाँ सरकार गठनपछि नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ, यस अवधिमा आम लगानीकर्ताले ठूलो मात्रामा सम्पत्ति गुमाएका छन् । अर्थतन्त्रको ऐनाका रूपमा लिइने पॅुजी बजारमा छाएको निराशाले आम लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।

सर्वाधिक आशा गरिएका अर्थमन्त्रीले बजारलाई स्थिर बनाउन, लगानीकर्ताको सम्पत्ति थप डुब्नबाट जोगाउन र आत्मदाह गर्नुपर्ने परिस्थितिबाट समयमै उद्धार गर्न सम्बन्धित सरोकारवालाहरूसँग तत्काल छलफल गरी समस्याको पहिचान, कार्ययोजना निर्माण र आवश्यक नीतिगत सुधार गर्नुपर्ने देखिन्छ ।
डियर Swarnim Waglé
अर्थतन्त्र सुधारका लागि तपाईको अनुभव, योग्यता र क्षमताको देशले अनुभूति गर्न पाइरहेको छैन । तपाईको कार्यकाल स्वर्णिम बनाउन आवश्यक पहल, हस्तक्षेप र अग्रसरता लिइहाल्नोस् ! तपाई जत्तिको नपढेका विगतका केही अर्थमन्त्री सफल र सम्झनलायक तर तपाई अदुरदर्शी र असफल कसरी हुन पाउनुहुन्छ ? इतिहासले तपाईमाथि यो प्रश्न गर्न नपरोस् ।