गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि पहिलो पटक प्रधानमन्त्री साह संसदमा उपस्थित भएका हुन् । प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकमा सहभागी भएका छन् ।
संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि अहिलेसम्म पनि प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन् । सबैकाे ध्यान प्रधानमन्त्री साह तिरै गएकाे छ ।