अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद

Jul 14, 2026 05:27 PM Merolagani



सशस्त्र प्रहरीबल, नेपालले धनुषामा अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ । मंगलवार सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर काजु र चिनी बरामद गरेको हो ।

प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा नेपाली चिनी समेत बरामद गरेको हो । बरामद गरिएको काजुको मूल्य १० लाख ८० हजार रहेको र बरामद गरिएको नेपाली चिनीको बारेमा समेत अनुसन्धान प्रकृया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामका प्रमुख मानबहादुर पौडेलले बताए ।

सशस्त्र प्रहरीले अवैध रुपमा भित्र्याइएइएको चिनी र काजुसहित बा. प्र.०६–००१ख–०३६४ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ट्रक सहित नियन्त्रणमा लिइएको सामानको मूल्य ४५ लाख ८० हजार रुपैयाँ कायम गरिएको हो । सामान बरामद गरेर ट्रक चालकलाई समेत नियन्त्रणमा लिइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामले जनाएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।