विद्युतीय सार्वजनिक बस किन्दा ८० प्रतिशत ऋण

Jul 16, 2026 10:29 AM Merolagani



वातावरणमैत्री र आधुनिक सार्वजनिक यातायातलाई प्रोत्साहन गर्न केन्द्रिय बैंकले कर्जाको सीमा (लोन टु भ्यालु रेसियो) बढाएको छ । नेपाल राष्ट्र बैंकले बुधवार (३१ असार, २०८३) एक एकीकृत परिपत्र जारी गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।

अब सार्वजनिक सवारी साधनका रूपमा प्रयोग हुने ठूला यात्रुवाहक विद्युतीय गाडी (ईभी बसहरू) किन्नका लागि बैंकहरूले गाडीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेछन् ।

यसअघि विद्युतीय सवारी साधनमा ६० प्रतिशत मात्र ऋण पाइने व्यवस्था थियो । अब यातायात व्यवसायीले कुल गाडीको मूल्यको मात्र २० प्रतिशत रकम अग्रिम बुझाएर ठूला विद्युतीय बसहरू किन्न सक्नेछन् । यसले गर्दा डिजेल बसहरू विस्थापित गरी ठूला विद्युतीय बसहरू भित्र्याउन व्यवसायीहरूलाई ठूलो आर्थिक प्रोत्साहन मिल्नेछ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।