आर्थिक वर्षका अनौठा तथ्य: बेलायतमा वर्षमा दुई पटक नयाँ आर्थिक वर्ष, न्यूजील्याण्ड र नेपालको उस्तै, ठूला कर्पाेरेट हाउसहरुका फरक शैली

Jul 19, 2026 10:48 AM Mero lagani



आर्थिक वर्ष (Fiscal Year) भन्ने बित्तिकै धेरैलाई जुलाई १६ वा साउन १ मात्र सम्झना आउँछ। तर, विश्वमा आर्थिक वर्ष मनाउने वा शुरुवात गर्ने केही अनौठा चलनहरु रहेका छन् ।

प्राचीन सभ्यताहरू,मिस्र, रोम, चीन र भारतमा—राज्यले कर उठाउने निश्चित समय निर्धारण गर्थ्यो। त्यसबेला आर्थिक वर्ष भन्ने शब्द प्रयोग नभए पनि राज्यको आम्दानी र खर्चको हिसाब राख्ने निश्चित चक्र थियो।

आधुनिक अर्थमा आर्थिक वर्षको अवधारणा भने युरोपमा सरकारी बजेट प्रणाली विकास भएसँगै विस्तार भएको मानिन्छ। विशेषगरी १८औँ र १९औँ शताब्दीमा बेलायतले वार्षिक बजेट प्रणालीलाई संस्थागत गरेपछि आधुनिक आर्थिक वर्षको अभ्यास विश्वभर फैलिन थाल्यो।

बेलायतमा वर्षमा दुई पटक नयाँँ आर्थिक वर्ष शुरु हुने

बेलायत विश्वमा एउटा मात्र त्यस्तो देश हो, जहाँ वर्षमा दुई पटक नयाँ आर्थिक वर्ष शुरु हुन्छ । तर यसको अर्थ एउटै आर्थिक वर्ष दुई पटक सुरु हुन्छ भन्ने होइन। बेलायतमा दुई फरक प्रणाली छन्।

सरकारी आर्थिक वर्ष (Financial Year): १ अप्रिल–३१ मार्च

व्यक्तिगत कर वर्ष (Tax Year): ६ अप्रिल–५ अप्रिल

यसले गर्दा अप्रिलको पहिलो सातामा बेलायतका लेखापाल, कर सल्लाहकार र सरकारी कार्यालयहरू अत्यन्त व्यस्त हुन्छन्। एउटातर्फ सरकारको नयाँ बजेट कार्यान्वयन हुन्छ भने अर्कोतर्फ व्यक्तिगत कर वर्ष पनि केही दिनपछि सुरु हुन्छ।

बेलायतमा ५ अप्रिल राति र ६ अप्रिल बिहानसम्म पनि कर विवरण मिलाउने काम चलिरहन्छ। सामाजिक सञ्जालमा Happy New Tax Year भन्ने रमाइला शुभकामना आदानप्रदान हुने गर्छ।

सुरुमा बेलायतमा कर वर्ष २५ मार्चबाट सुरु हुन्थ्यो। सन् १७५२ मा बेलायतले जुलियन पात्रो छोडेर ग्रेगोरियन पात्रो अपनाउँदा पात्रोबाट ११ दिन हटाइयो। सरकारले कर राजस्व नघटोस् भनेर कर वर्ष पनि ११ दिन सार्यो। पछि १८०० को पात्रो समायोजनपछि यो ६ अप्रिल मा पुग्यो, र त्यही मिति आजसम्म कायम छ।

 

जापानमा चेरी फूलसँगै आर्थिक वर्ष

जापानको आर्थिक वर्ष १ अप्रिलमा शुरु भएर ३१ मार्चमा सकिन्छ । संयोगवश यही समय जापानमा चेरी फूल फुल्ने मौसम पनि हो। नयाँ कर्मचारी भर्ना, विद्यालयको नयाँ शैक्षिक सत्र र धेरै कम्पनीको नयाँ व्यवसायिक वर्ष पनि यही समय सुरु हुने भएकाले अप्रिल जापानमा नयाँ सुरुआतको महिना मानिन्छ।

अमेरिकामा नयाँ वर्ष जनवरीमा, तर सरकारको आर्थिक वर्ष अक्टोबरमा

अमेरिकामा नयाँ वर्ष १ जनवरीमा शुरु भएर डिसेम्बर ३० मा सकिन्छ । तर सरकारको आर्थिक वर्ष १ अक्टोबरबाट शुरु भएर ३० सेप्टेम्बरमा सकिन्छ ।

त्यसैले अमेरिकामा नयाँ बजेट क्रिसमसभन्दा धेरैअघि, अक्टोबरमै लागू भइसकेको हुन्छ। यसैले कहिलेकाहीँ नयाँ बजेट पारित नभए सरकार आंशिक रूपमा बन्द (Government Shutdown) समेत हुने गर्छ।

भारतलगायतका कैयौं देशहरुमा भने नयाँ आर्थिक १ अप्रिलमा शुरु भएर ३१ मार्चमा सकिन्छ । तर, नयाँ वर्ष भने जनवरी १ मा सकिएर डिसेम्बर ३० सकिन्छ ।


न्यूजिल्याण्ड र अष्ट्रेलियाको शैलीबाट प्रभावित हुँदै नेपालमा साउन १ मै आर्थिक वर्ष किन शुरुवात हुन्छ ?

नेपालमा योजनाबद्ध आर्थिक व्यवस्थापनको औपचारिक अभ्यास विसं २००८ सालमा पहिलो बजेट प्रस्तुत भएपछि संस्थागत रूपमा सुरु भएको मानिन्छ। त्यसपछि क्रमशः सरकारी आय–व्ययलाई निश्चित वार्षिक चक्रमा व्यवस्थापन गर्ने अभ्यास विकसित भयो।

पञ्चायतकालमा पनि यही प्रणालीलाई निरन्तरता दिइयो। समयक्रममा बजेट प्रस्तुति, राजस्व संकलन, विकास योजना र लेखा प्रणालीलाई एकीकृत गर्दै साउन १ देखि असार मसान्तसम्मको आर्थिक वर्ष नेपालको स्थायी अभ्यास बन्यो। संघीय व्यवस्था लागू भएपछि पनि यही आर्थिक वर्ष कायम राखिएको छ।

नेपालमा आर्थिक वर्षको सुरुवात साउन १ गरिनुका पछाडि आर्थिक होइन, व्यवहारिक कारण बढि रहेको जानकारहरु बताउंछन् । न्यूजिल्याण्ड र अष्ट्रेलियाको शैलिबाट प्रभावित भएर साउन १ गते नयाँ आर्थिक वर्ष शुरुवात गर्न थालिएको बताइन्छ । किनकी ती देशको साथै अन्य धेरै देशहरुले आर्थिक वा राजनीतिक कारणले होइन कि व्यवहारिक कारणले आर्थिक वर्षको शुरुवात गर्छन् । ती देशहरुले आफ्नो देशको कृषि तथा मौसम चक्रको आधारमा १ जुलाईदेखि नयाँ आर्थिक वर्ष शुरु गर्छन । बाली चक्र र सरकारी योजना जुलाईदेखि सुरु गर्दा बजेट कार्यान्वयन सहज हुने भएकाले यस्तो व्यवस्था अपनाइएको हो।

त्यसको सिको गर्दै नेपालमा पनि आर्थिक र राजनीतिक कारणले नभई व्यावहारिक पक्षलाई हेरेर साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष मनाउने प्रचलन शुरु गरिएको हो ।

पहिलो, नेपाल कृषि प्रधान मुलुक भएकाले वर्षायामसँगै कृषि गतिविधिको नयाँ चक्र सुरु हुन्छ। नेपालको कृषि चक्र, मनसुन, प्रशासनिक संरचना र स्थानीय योजना प्रक्रियासँग अहिलेको साउन–असार प्रणाली बढी उपयुक्त मानिन्छ।

बहुराष्ट्रिय कम्पनीहरूले आर्थिक वर्ष किन फरक फरक मनाउँछन् ?

१. Apple किन अक्टोबरबाट वर्ष सुरु गर्छ ?

Apple ले प्रायः प्रत्येक वर्ष सेप्टेम्बरमा नयाँ iPhone सार्वजनिक गर्छ। यदि आर्थिक वर्ष जनवरीदेखि हुने हो भने नयाँ उत्पादनको बिक्री दुई आर्थिक वर्षमा विभाजित हुन सक्छ। त्यसैले सेप्टेम्बर अन्त्यपछि नयाँ आर्थिक वर्ष सुरु गर्दा नयाँ उत्पादनको प्रभाव स्पष्ट देखिन्छ।

२. Microsoft जुलाई किन रोज्छ?

Microsoft का धेरै ग्राहक सरकार, विद्यालय र ठूला संस्थाहरू हुन्। धेरै देशमा नयाँ बजेट र खरिद प्रक्रिया जुलाईपछि तीव्र हुने भएकाले कम्पनीले जुलाई–जुन आर्थिक वर्ष अपनाएको मानिन्छ।

३. NVIDIA को आर्थिक वर्ष किन फरक?

NVIDIA ले जनवरी अन्त्यमा आर्थिक वर्ष सक्ने व्यवस्था गरेको छ। यसले क्रिसमस र वर्षअन्तको चिप तथा गेमिङ हार्डवेयर बिक्रीलाई एउटै आर्थिक वर्षमा समेट्न सजिलो बनाउँछ।

४. जापानी कम्पनीहरू प्रायः अप्रिलमा किन सुरु गर्छन् ?

जापानमा सरकारी आर्थिक वर्ष, विद्यालयको नयाँ शैक्षिक सत्र, नयाँ कर्मचारी भर्ना, धेरै कम्पनीको नयाँ व्यवसायिक योजना, सबै अप्रिलबाट सुरु हुने भएकाले Toyota, Sony, Honda, Panasonic लगायत अधिकांश जापानी कम्पनीको आर्थिक वर्ष पनि अप्रिल–मार्च हुन्छ।

नेपालमा कार्यरत बहुराष्ट्रिय कम्पनीहरूका शैली

नेपालमा साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ। तर नेपालमा कारोबार गर्ने धेरै बहुराष्ट्रिय कम्पनीहरूले स्थानीय कर र नियामकीय प्रयोजनका लागि नेपाल सरकारको आर्थिक वर्षअनुसार प्रतिवेदन बुझाउँछन् । तर समूह  (consolidated) स्तरको वित्तीय प्रतिवेदन भने आफ्नो मूल कम्पनीको आर्थिक वर्षअनुसार तयार गर्छन्।

उदाहरणका लागि, नेपालमा रहेको कुनै जापानी कम्पनीको स्थानीय कर हिसाब नेपाली आर्थिक वर्षसँग मिलाउनुपर्ने हुन सक्छ, तर समूहको एकीकृत  (consolidated) वित्तीय विवरण जापानको अप्रिल–मार्च आर्थिक वर्षअनुसार प्रकाशित गरिन्छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।