फेसबुकको वेब भर्सनमा समस्या: धेरै प्रयोगकर्ताको खाता 'अनअवेलेबल'

Jul 19, 2026 02:53 PM Merolagani



विश्वकै चर्चित सामाजिक सञ्जाल फेसबुकको वेब भर्सन (डेस्कटप/ब्राउजर) मा आज प्राविधिक समस्या देखिएको छ। विश्वभरका धेरै प्रयोगकर्ताहरूले आफ्नो कम्प्युटर वा ल्यापटपमा ब्राउजरमार्फत फेसबुक चलाउन खोज्दा समस्या भोगिरहेका छन्।

ब्राउजरमा फेसबुक खोल्न खोज्दा स्क्रिनमा "Account Temporarily Unavailable" (खाता अस्थायी रूपमा उपलब्ध छैन) भन्ने सन्देश देखिने गरेको छ। फेसबुकले उक्त सन्देशमा साइटमा आएको समस्याका कारण खाता उपलब्ध हुन नसकेको र यसलाई चाँडै समाधान गर्ने प्रयास भइरहेको उल्लेख गरेको छ।

वेब भर्सनमा समस्या देखिए पनि फेसबुकको मोबाइल एप्लिकेसन (Mobile App) मा भने कुनै समस्या देखिएको छैन। प्रयोगकर्ताहरूले आफ्नो मोबाइल फोनबाट फेसबुक सहजै चलाइरहेका छन्। यदि तपाईंलाई ब्राउजरबाट फेसबुक चलाउन गाह्रो भइरहेको छ भने मोबाइल एप वा मोबाइल ब्राउजरबाट लग-इन गरी सेवा सुचारु राख्न सक्नुहुन्छ।

अचानक फेसबुकमा यस्तो सन्देश देखिएपछि धेरै प्रयोगकर्ताहरूले आफ्नो एकाउन्ट ह्याक भएको वा फेसबुकले प्रतिबन्ध लगाएको आशंका गरेका थिए। तर यो फेसबुकको आन्तरिक प्राविधिक गडबडी (Server Issue) भएको हुनाले आत्तिनुपर्ने अवस्था छैन।

फेसबुकको मातृ संस्था 'मेटा' ले यसबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक नगरे पनि यो समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको छ। यसअघि पनि फेसबुकका विभिन्न सेवाहरूमा बेलाबेलामा यस्ता प्राविधिक समस्याहरू देखिने गरेका थिए।

वेब भर्सन पूर्ण रूपमा सुचारु नहुँदासम्म प्रयोगकर्ताहरूलाई मोबाइल एप प्रयोग गर्न सुझाव दिइएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।