वन कर्मचारीलाई बन्धक बनाई गाडी जलाउनेलाई कारबाहीको माग गर्दै प्रदर्शन

Jul 29, 2026 12:32 PM Merolagani



महोत्तरीको बर्दिबास कालापानीमा वन कर्मचारीलाई बन्धक बनाई गाडीमा आगो लगाउने दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै बुधबार काठमाडौँमा प्रदर्शन भएको छ।

चुरे तथा वन जंगल संरक्षण अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय अगाडि  प्रदर्शन गरेको हो। महोत्तरी डिभिजन वन कार्यालयका सातजना कर्मचारीलाई ६–७ घण्टासम्म बन्धक बनाएको र उनीहरू सवार गाडीमा आगो लगाएको घटनाको विरोधमा अभियानले आवाज उठाएको हो।

प्रदर्शनकारीले वन र चुरे क्षेत्रको संरक्षणमा खटिएका कर्मचारीमाथि भएको यस्तो साङ्घातिक आक्रमणको घोर भत्र्सना गरे। उनीहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण वा अन्य गैरकानुनी गतिविधि रोक्न गएका कर्मचारीलाई एक समूहले नियन्त्रणमा लिएर दुर्व्यवहार गर्नुका साथै सरकारी सम्पत्तिमा क्षति पु-याएको थियो। सोही घटनाका दोषी अझै पक्राउ नपरेको भन्दै अभियानले रास्वपा कार्यालय अगाडि धर्ना र प्रदर्शन गरेको हो।

दोषीलाई कारबाही नभएसम्म र वन कर्मचारीको सुरक्षा सुनिश्चित नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत अभियानले दिएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।