प्रि ओपन सेसन अपडेटः करिब २८ अंक घट्यो नेप्से

Jul 30, 2026 10:52 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २८ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २७.७५ अंक घटेर २६६१.१३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.९१ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६१ स्टकको ७५ पटकको कारोबारमा २५ लाख ९३ हजार ३११ रुपैयाँबराबरको १६ हजार ४०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ४३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।