अमेरिकी केन्द्रिय बैंकद्वारा लगातार पाँचौँ पटक ब्याजदर स्थिर

Jul 30, 2026 11:24 AM Merolagani



अमेरिकी केन्द्रिय बैंक ‘फेडरल रिजर्भ’ ले बुधबार संघीय कोषको ब्याजदरलाई पुनः यथावत राख्ने निर्णय गरेको छ । बजारको अपेक्षा अनुरूप नै फेडले ब्याजदरलाई ३.५ देखि ३.७५ प्रतिशतकै दायरामा कायम राखेको हो।

यो लगातार पाँचौँ पटक हो जसमा बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन नगरी ‘पर्ख र हेर’ को रणनीति अवलम्वन गरेको छ । फेडका अध्यक्ष केभिन वार्सका अनुसार नीति निर्धारण समितिको बैठकमा ९–३ को बहुमतले ब्याजदर स्थिर राख्ने निर्णय भएको हो । बैठकपछि आयोजित कार्यक्रममा अध्यक्ष वार्सले भने, ‘अमेरिकी अर्थतन्त्रले हालैका चुनौतीहरूका बाबजुद पनि प्रभावशाली लचिलोपन प्रदर्शन गरिरहेको छ । आर्थिक वृद्धि सकारात्मक छ र श्रम बजारमा रोजगारीको अवस्था पनि सुदृढ देखिएको छ ।’

अध्यक्ष वार्सले बेरोजगारी दरमा खासै परिवर्तन नआएको उल्लेख गर्दै मुद्रास्फीति अझै पनि बैंकको २ प्रतिशतको लक्ष्यभन्दा माथि रहेको स्वीकार गरे। उनले मूल्य स्थिरता कायम गर्न फेड पूर्ण रूपमा प्रतिवद्ध रहेको समेत दोहोर्याए ।

यद्यपि, संघीय खुला बजार समितिका तीन सदस्यले भने ब्याजदरलाई २५ आधार बिन्दुले बढाउनुपर्ने धारणा राख्दै यस निर्णयको विपक्षमा मतदान गरेका थिए । आगामी महिनाहरूमा ब्याजदर वृद्धि हुनसक्ने सम्भावनाका बीच बैंकले हाललाई पुरानै दरलाई निरन्तरता दिएको हो । तथ्याङ्कअनुसार पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण अमेरिकाको उपभोक्ता मूल्य सूचकाङ्क जुन महिनामा ३.५ प्रतिशत कायम भएको छ, जुन मे महिनाको ४.२ प्रतिशतको तुलनामा न्यून हो । मुद्रास्फीतिमा केही कमी आएपनि यो फेडले निर्धारण गरेको २ प्रतिशतको सीमाभन्दा अझै माथि रहेकाले दबाब कायमै देखिएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।