विद्युत पोलको भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरुः वल्र्डलिंकले बुझायो रकम

Jul 30, 2026 01:15 PM Merolagani



नेपाल विद्युत् प्राधिकरणको लामो समयदेखि रोकिएको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यसै क्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडाको बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको हो ।

वल्र्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकमबाट कर कट्टी गरी भुक्तानी प्रक्रिया अघि बढाएको छ । कम्पनीका अनुसार, आर्थिक वर्ष २०८१/८२ को हकमा भने पोल तथा डीबी बक्सको संयुक्त प्रमाणीकरणका आधारमा हिसाब मिलान गरिएको छ । यसअघि भएको दोहोरो भुक्तानीलाई समेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार लाग्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन । वल्र्डलिंकबाट सुरु भएको यो भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुवातका रूपमा लिँदै मन्त्री श्रेष्ठले अन्य सेवा प्रदायकहरूले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट समेत परे । कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याहरूलाई कानुनको सीमाभित्र रहेर समाधान गरिने उल्लेख गर्दै उनले कानुन कार्यान्वयनको विषयलाई अनावश्यक रूपमा राजनीतिक रङ्ग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने बताएका हुन । सबैका लागि समान रूपमा कानुन कार्यान्वयन गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।