सुनसरी घटनाः अर्का घाइते जयप्रकाश मेहताको मृत्यु

Jul 30, 2026 03:16 PM Merolagani



सुनसरीको देवानगञ्जमा गत आइतबार राति प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । 

योसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसप) मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले मेहतालाई दिउँसो १.२४ बजे मृत घोषणा गरेका थिए ।

आइतबार राति भएको उक्त हिंसात्मक झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सो क्रममा गोली लागेर घाइते भएका अन्य ८ जनाको अहिले विराटनगरका न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र स्थानीयबीच भएको सो झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । यसअघि पनि उक्त घटनामा घाइते भएका एक जनाको मृत्यु भइसकेको छ । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।