पूर्वी नेपालमा उत्पन्न तनावप्रति उद्योग परिसंघको चिन्ता- सामाजिक सद्भाव कायम राख्न अपिल

Jul 30, 2026 05:23 PM Merolagani



नेपाल उद्योग परिसंघ (सीएनआई)ले सुनसरीको देवानगञ्ज र पूर्वी नेपालका विभिन्न जिल्लामा पछिल्लो समय उत्पन्न परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

परिसंघले बिहीबार (साउन १४ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै सबै पक्षलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न हार्दिक अपिल गरेको हो ।

परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता र आपसी एकता कायम रहेको मुलुक भएको स्मरण गराउँदै यो विशिष्ट पहिचानलाई कायम राख्नुपर्नेमा जोड दिएको छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट नभई वार्ताको माध्यमबाट मात्र सम्भव हुने परिसंघको ठहर छ ।

'मुलुकको अर्थतन्त्र अहिले नै अप्ठ्यारो अवस्थामा छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई अगाडि बढाउनु पर्ने समयमा यस्ता घटनाले सबैलाई निराश बनाउँछ', विज्ञप्तिमा भनिएको छ, 'आन्दोलनका क्रममा हुने तोडफोड, बजार र पसल बन्द तथा लुटपाटका घटनाले उद्योग र व्यवसाय क्षेत्रलाई चिन्तित बनाएको छ ।'

परिसंघले आम नागरिक तथा उद्योगी व्यवसायीलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार र सरोकारवाला निकायसँग माग गरेको छ । साथै, देशभर रहेका आफ्ना प्रदेश तथा जिल्ला संघहरू र निजी क्षेत्रका अन्य संस्थाहरूलाई पनि सामाजिक संघ–संस्थाहरूसँगको सहकार्यमा सद्भाव र्‍याली र शान्ति स्थापनाका गतिविधिहरू सञ्चालन गर्न परिसंघले आह्वान गरेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।