पक्राउ परेका दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीलाई म्याद थपका लागि अदालतमा लगिदै

Jul 31, 2026 01:34 PM Merolagani



नेपालको दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

भण्डारीमाथि स्मार्ट टेलिकम र एनसेल प्रकरणमा राज्यलाई हानी पुर्याउने गरी बदनियतपूर्ण निर्णय र काम गरेको आरोप छ । भण्डारीलाई म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।

२०८० फागुन ६ गते प्राधिकरणको अध्यक्ष नियुक्त भएका भण्डारीकै कार्यकालमा सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्न खोजिएको थियो । कानुनतः सरकारी हक कायम भइसकेको सम्पत्तिलाई निजी स्वार्थका लागि लिलामी प्रक्रियामा लैजान खोज्नुलाई सीआईबीले राज्यको हक टुटाउने संगठित प्रयासको रूपमा हेरेको छ ।

यही प्रकरणको लहरोले नेपालका कहलिएका व्यवसायीहरूलाई पनि तानेको छ । सीआईबीले बिहीबार नै प्रतिष्ठित व्यवसायी उपेन्द्र महतोलाई ब्यूरोमा बोलाएर सोधपुछ गरेको थियाे । यद्यपि, सोधपुछ पछि उनी घर फर्किएका छन् तर अनुसन्धानको दायराबाट भने उनी बाहिरिएका छैनन् ।

यसअघि वैशाखमै स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । जोशीले सरकारी नियन्त्रणमा पुगेको सम्पत्ति लिलामीका लागि बैंकलाई मञ्जुरीनामा दिएको गम्भीर आरोप छ । सोही प्रक्रियामा संलग्न रहेको आरोपमा पलनी श्रेष्ठ र नरेन्द्र उलाक पनि यसअघि नै पक्राउ परिसकेका छन् ।

प्राधिकरणको नेतृत्वले नै निजी कम्पनी र व्यवसायीसँग मिलेर सरकारी सम्पत्ति कौडीको भाउमा लिलामी गर्ने र राज्यको स्वामित्व कमजोर बनाउने प्रयास गरेको तथ्यहरू खुल्दै गएपछि दूरसञ्चार क्षेत्रमा ठूलो हलचल पैदा भएको छ । एनसेलको शेयर खरिद–बिक्रीमा देखिएको अन्योल र विवादमा पनि भण्डारीको भूमिकामाथि गम्भीर प्रश्न उठ्दै आएको थियो । सीआईबीले अहिले यी दुवै प्रकरणलाई जोडेर विस्तृत अनुसन्धान अघि बढाएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।