राहदानी भ्रष्टाचार प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा

Jul 31, 2026 03:52 PM Merolagani



विशेष अदालतले राहदानी (पासपोर्ट) मुद्रणको ठेक्कामा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएकाे हो। थापा राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी ‘भेरिडोस’का नेपाल प्रतिनिधि हुन्।

राहदानी छपाइको ठेक्का प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। तर, अदालतको प्रारम्भिक सुनुवाइपछि उनलाई थुनामा राख्न वा धरौटी माग्न आवश्यक नदेखिएको ठहर गर्दै साधारण तारिखमै बसेर मुद्दाको पुर्पक्ष गर्ने अनुमति दिइएको हो।

 

यो प्रकरणमा अन्य उच्च पदस्थ कर्मचारी र बिचौलियाहरूको संलग्नताका बारेमा पनि छानबिन भइरहेको छ। अदालतको यो आदेशसँगै थापा अब हिरासत बाहिरै रहेर कानुनी प्रक्रियामा सहभागी हुन पाउनेछन्।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।