अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.४२ अंक घटेर २६५९.११ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.५२ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ५९ स्टकको १२९ पटकको कारोबारमा २ करोड ७९ लाख ६६ हजार ३३४ रुपैयाँ ९० पैसाबराबरको ९ हजार १० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ३८ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।