बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

Aug 04, 2026 07:50 AM Merolagani



अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको हो। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य हुनुहुन्छ। समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।