एभरेष्ट बैंकको नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

Aug 05, 2026 09:46 AM Merolagani



एभरेस्ट बैंक लिमिटेड (EBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य बढेको छ भने प्रतिशेयर आम्दानी घटेको छ।।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। बैंकले गत असार मसान्तसम्म ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९७ प्रतिशत मात्र बढी हो। बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

बैंकले आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्न सक्ने बलियो क्षमता बनाएको छ। नियमनकारी समायोजनहरूपश्चात् गत असार मसान्तसम्ममा बैंकको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ।

बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

ग्राहकहरूबाट सङ्कलित निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १०.३७ प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।