नेप्सेसँगै घट्यो कारोबार रकम

Aug 07, 2026 03:24 PM Merolagani



साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आजको बजार सामान्य अंकले घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ४.०५ अंक घटेर २६५०.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन एक करोड तीन लाख १३ हजार ९७९ कित्ता शेयर तीन अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरमा करोबार भएको छ। बिहीबारको बजारमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।

शुक्रबारको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सर्वाधिक बढेको छ । यस लघुवित्तको शेयर मूल्य ८.५४ प्रतिशतले बढेर पाँच हजार ९९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। एचएलआई लार्ज क्याप र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाई मूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ । त्यस्तै आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सवार्धिक घटेको छ। यस दिन कम्पनीको शेयर मूल्य ६.९३ प्रतिशतले गिरावट भएको हो।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको कम्पनीको २३ करोड रुपैयाँ नाघेको छ भने सानिमा बैंकको १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्यूच्युअल फण्ड उपसमूहको परिसूचक बढेको हो। यस दिन बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा टुरिजम्, हाईड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको सूचक घटेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।