सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

Aug 10, 2026 11:03 AM Merolagani




साउन २५ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य समान्य घटेको छ भने चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।