फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जर सम्झौता

Aug 11, 2026 12:22 PM Merolagani



लघुवित्त क्षेत्रमा अर्को एउटा ठूलो मर्जर हुने भएको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभिने (मर्जर) प्रारम्भिक सम्झौता भएको हो ।

दुई संस्थाबीच साउन २५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ । दुवै संस्था नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनी हुन् ।

हाल काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पूँजी  एक अर्ब ३४ करोड रुपैयाँ छ । उता काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तको चुक्ता पूँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

मर्जरपछि बन्ने संस्थाको पूँजीगत आधार बलियो हुने र कार्यक्षेत्र समेत विस्तार हुने विश्वास लिइएको छ । दुई संस्थाबीचको स्वाप रेसियो (शेयर मिलान अनुपात) भने विस्तृत लेखापरीक्षण  रिपोर्ट आएपछि मात्र तय हुनेछ ।